निर्देशक गुप्ताका श्रीमती र छोरीद्वारा आत्महत्या !

विहीबार, २६ चैत्र २०७७, १६ : ५४

बलिउड फिल्म निर्देशक तथा निर्माता  सन्तोष गुप्ताका श्रीमती र छोरीले आत्महत्या गरेका छन् । गुप्ताकी श्रीमती  अस्मिता र छोरी सृष्टिले मुम्बईको अँधेरीस्थित एउटा उपनगरीय क्षेत्रमा आत्महत्या गरेका हुन् । 

भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरूले आफूलाई जिउँदै आगो लगाएर जलेका थिए । उनीहरूले  सोमबार दिउँसो घरमा नै आफुहरु लाइ आगो लगाएका थिए । 

श्रीमतीलाई अस्पताल पुर्याएपछि मृत घोषणा गरिएको थियो भने छोरीको ७० प्रतिशत शरीर जलेको अवस्थामा एरोली नेशनल बर्न सेन्टरमा उपचारका क्रममा दुई दिन पछि मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

अस्मिता लामो समयदेखि किड्नीको बिरामी रहेकी थिइन्।

 निर्देशक सन्तोषले कम बजेटका केही फिल्महरू फरार, रोमी द हिरो, आजकी औरज आदि निर्माण तथा निर्देशन गरेका छन् ।उनले अहिलेसम्म यो घटनाका बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

विहीबार, २६ चैत्र २०७७, १६ : ५४

प्रतिक्रिया