साउदीले भारी मात्रामा नेपाली कामदारको माग गरेको छ । साउदी एयरलाइन्स क्याटरीङ् कम्पनी (saudi airlince catering company) ले २ सय ४८ जना नेपाली पुरुष कामदारको माग गरेको हो ।
कम्पनीले विभिन्न चार पदका लागी पुरुष कामदारको माग गरेको हो । वर्कर (worker) का लागी १ सय ४३ जना फरमेन (foreman) का लागी १ जना, जेनेरल कुक (general cook) का लागी ३ जना मेन व्येटर (man waiter) का लागी १ जना कर्मचारीको माग गरेको हो । जसको तलब खान बस्न सहित न्यनतम ३१ हजार देखि ५३ हजार सम्म हुनेछ ।
यस्तै साउदीकै पाण्डा रिटेल कम्पनी (panda retail companey) ले जेनेरल लेबर ( general labor) का लागी १ सय जना नेपाली पुरुष कामदारको माग गरेको छ । जसको खान बस्न सहित ३१ हजार नेपाली रुपैयाँ तलब रहेको छ ।
२ वर्षको करार अवधि रहेको कम्पनीमा हप्तामा ६ दीन दैनिक ८ घण्टा काम गर्न पर्ने छ । कामदारले कम्पनीको नियम अनुसार ओभर टाइम र वार्षिक बिदा पाउने छन् ।
जान चाहाले इच्छुकले लक्की एच.आर सोलुसन प्रा.लि को कार्यालय जावलाखेल ललितपुरमा सम्पर्क राख्न सक्नुहुनेछ छ । अन्तर्वार्ता यही वैशाख २ गते ( 15 april 2021) मेनपावरको कार्यालयमा हुनेछ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ ।
त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया