काठमाडौं- आर्थिक वर्ष ०७७/ ०७८ को चैत १९ गतेसम्म प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगारी प्राप्त गर्नेको संख्या साढे ३३ हजार नाघेको छ । हालसम्म उक्त कार्यक्रमबाट ३३ हजार ६ सय ५३ जना बेराजगारले रोजगार पाएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरुक्षा मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो ।
उक्त कार्यक्रम अन्तर्गत चैत ६ गते देखि १९ गतेसम्म मात्र २१ हजार ३ सय ४२ जनाले रोजगारी पाएका हुन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रम फागुन १ गतेदेखि सुरु हुने भएको हो। संघ, प्रदेश र स्थानीय तहको समन्वयमा स्थानीयस्तरमै रोजगार सिर्जना गर्ने गरी प्रधानमन्त्री रोजगार कार्यक्रम फागुन १ गतेदेखि कार्यान्वयनमा ल्याउन लागिएको हो।
सरकारले न्यूनतम एक सय दिनका लागि रोजगारी ग्यारेन्टी गर्नेगरी प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको हो। बेरोजगार फारम भरेका तर रोजगार नपाएका व्यक्तिले निर्वाहभत्तासमेत पाउने छन्।
प्रतिक्रिया