के इदमा रिलिज होला त सलमानको फिल्म  ‘राधे' ?

शुक्रबार, २७ चैत्र २०७७, १० : ०८

काठमाडौं- भारतमा कोरोना संक्रमण बढेसँगै बलिउड फिल्मको रिलिज सरेको सर्यै छ । अभिनेता सलमान खान अभिनीत फिल्म ‘राधे ः योर मोस्ट वान्टेड भाई’ को रिलिज पनि पोस्टपोन्ड हुने सम्भावना बढ्दै गएको छ । यो फिल्मको प्रदर्शन मिति १३ मे (इद) लाई घोषणा गरिएको छ । सलमानले सावधानी अपनाउँदा अपनाउँदै पनि संक्रमण बढ्दै गए फिल्मको रिलिज सर्न सक्ने बताएका छन् ।
 
कोरोनाको दोस्रो लहर सकिएको खण्डमा मात्र यस वर्षको इदमा फिल्म रिलिज हुने उनले बताएका छन् ।
 
उनले भनेका छन्, ‘हामीले गत वर्षको इदमा नै फिल्म ल्याउने घोषणा गरेका थियौं । तर, कोरोनाका कारण स्थगन गर्नुपर्‍यो । फेरि हामीले यसपालीको इदका लागि कमिटमेन्ट गर्‍यौं । विश्वास गरौं, फिल्म चाँडै रिलिज हुनेछ । फिल्म राम्रो बनेको छ, त्यसैले राम्रो चल्छ ।’ प्रभु देवा निर्देशित फिल्ममा ज्याकी श्राफ, दिशा पाटनी र रणदीप हुड्डाको पनि मुख्य भूमिका रहेको छ ।
 

शुक्रबार, २७ चैत्र २०७७, १० : ०८

प्रतिक्रिया