काठमाडौं- शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सीसीएमसीलाई सिफारिस गरेको छ ।
स्वास्थ्य मन्त्रालयले सिनेमा हल, शिक्षण संस्था, पार्टी प्यालेस लगायतका क्षेत्र पनि बन्द गर्न सिफारिस गरेको छ । यसबारे कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसीं )को शुक्रवार बस्ने बैठकले निर्णय गर्न सक्नेछ । मानिसहरुको भीडभाड हुने ठाउँ भएकाले सिनेमा हल बन्द गर्न स्वास्थ्य मन्त्रालयले गरेको सिफारिसलाई सीसीएमसीले कार्यान्वयन गर्ने प्रवल सम्भावना छ ।
यसपछि ९ महिना बन्द भएका सिनेमा हल पुष १० गतेबाट खुले । तर, महिनौंदेखि सिनेमा हलहरु दर्शकविहीन भएर बसेका छन् । फेरि विना विकल्प सरकारले सिनेमा हल बन्द गर्ने तयारी गरेपछि फिल्म क्षेत्रमा संकट उत्पन्न हुने खतरा सिर्जना भएको छ ।
प्रतिक्रिया