रोमानियाले १५० नेपाली कामदारको माग गरेको छ । रोमानियाको जि एण्ड जि रिक्रुमेन्ट एस आर एल (G&G Recruiment SRL) कम्पनीले विभिन्न ११ वटा पद ( Carpenter, steel fixer, mason,welder,plumber,lock smith labour,cook,waiter,cleaner)का लागी १२० जना पुरुष र (waitress, cleaner) ३० जना महिला कामदारको माग गरेको छ । जसको तलब खान बस्न सहित ७७ हजार भन्दा माथि रहेको छ ।
२ वर्षको करार अवधि रहेको कम्पनीमा हप्तामा ६ दीन दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । कामदारले कम्पनीको नियम अनुसार ओभर टाइम र वार्षिक बिदा पाउने छन् ।
जान चाहाले इच्छुकले शल्मानी ओभरसिजको प्रा।लि को कार्यालय कोटेश्वर सम्पर्क राख्न सक्नुहुनेछ छ । अन्तर्वार्ता यही वैशाख ३ गते मेनपावरको कार्यालयमा हुनेछ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ ।
त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया