आकर्षक तलबका साथ साउदीमा ८८ नेपाली कामदारको माग, यस्ता छन् सुविधा !

शुक्रबार, २७ चैत्र २०७७, १९ : ३६

साउदीले भारी मात्रामा नेपाली कामदारको माग गरेको छ । साउदीको जल ह्युमन रिर्सोस र बिना होल्डिङ फर इनड्रसटल इन्भेस्टमेन्ट कम्पनीले बिभिन्न पद (common labor,general labor,truck driver) का लागी ८८ जना पुरुष कामदारको माग गरेको हो । 

जसको तलब खान बस्न सहित ३१ हजार देखि ५७ हजार सम्म हुनेछ । २ वर्षको करार अवधि रहेको कम्पनीमा हप्तामा ६ दीन दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । कामदारले कम्पनीको नियम अनुसार ओभर टाइम र वार्षिक बिदा पाउने छन् । 

जान चाहाले इच्छुकले लिङक इन्टरनेहनलको कार्यालय सामाखुसीमा सम्पर्क राख्न सक्नुहुनेछ छ । अन्तर्वार्ता यही वैशाख ३ गते मेनपावरको कार्यालयमा हुनेछ । 

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । 

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।

 

शुक्रबार, २७ चैत्र २०७७, १९ : ३६

प्रतिक्रिया