मिसेज श्रीलङ्काको ताज खोस्ने मिसेज वर्ल्ड पक्राउ !

शनिबार, २८ चैत्र २०७७, १३ : ५४

श्रीलङ्काकी वर्तमान मिसेज वर्ल्ड क्यारोलिन जुरी पक्राउ परेकी छिन् । आइतबार भएको प्रतियोगितामा क्यारोलिन जुरीले मिसेज श्रीलङ्का छानेपछि पुष्पिका डी सिल्वाको टाउकोबाट बिजेताको ताज  निकाल्ने कोसिस गरेकी जुरीलाई प्रहरीले पक्राउ गरेको हो । 

मिसेज वर्ल्ड क्यारोलिन जुरीमाथि उनले बिजेताको टाउकोबाट जबरजस्ती ताज निकाल्ने कोसिस गरेको जसका कारण मिसेज श्रीलङ्काको टाउकोमा गम्भीर चोट लागेको आरोप लागेको छ ।

मिसेज श्रीलङ्काको बिजेताको नामको घोषणापछि जुरी स्टेजमा आएर सबैको अगाडि डी सिल्वाको सम्बन्धविच्छेद भइसकेको र नियम अनुसार उनी यो ताजको हकदार नभएको बताउँदै पुष्पिकाको टाउकोमा लगाइएको ताज जबरजस्ती खोसेकि थिइन्।

 
ताज खोसिने क्रममा पुष्पिका डी सिल्वा उपचारका लागि अस्पताल भर्ना हुनुपरेको थियो । यो सौन्दर्य प्रतियोगिताको प्रत्यक्ष प्रसारण गरिँदै थियो ।

यसअघि डी सिल्वाले प्रहरी स्टेशनबाहिर स्थानीय संवाददातासँग यदि जुरी सार्वजनिक रुपमा उनीसँग माफी माग्छिन् भने उनले आफूले लगाएको सबै आरोप फिर्ता लिने बताएकी थिइन् । यद्यपि, जुरीले यस्तो गर्न अस्वीकार गरिन् । 

एफपी न्यूज एजेन्सीका अनुसार यो मामिलामा अर्को सुनुवाई अर्को हप्ता हुने आशा गरिएको छ । यस्तै जुरीलाई हाल धरौटीमा रिहा गरिएको छ ।

शनिबार, २८ चैत्र २०७७, १३ : ५४

प्रतिक्रिया