दुबईले माग्यो ४ सय बढी नेपाली कामदार , यस्ता छन् सुविधा !

शनिबार, २८ चैत्र २०७७, १४ : २०

दुबईले भारी मात्रामा नेपाली कामदारको माग गरेको छ । दुबईको अल तानम्याह शभिर्स (al tanmyan services ) कम्पनीले क्लिनर पदका लागी १ सय १० पुरुष र ७० महिला कामदारको माग गरेको छ । जसको तलब खान बस्न सहित २९ हजार भन्दा माथि नेपाली रुपैयाँ हुनेछ । 

यस्तै दुबईको शारजहा शहरको एप्लोना साम फेसलिटिज मेनेजमेन्ट ( apleona sam facilites management ) कम्पनीले सेक्युरिटी गार्ड र क्लिनर पदका लागी २ सय ६८ पुरुष र ४३ महिला कामदारको माग गरेको छ । जसको तलब खान बस्न सहित  सेक्युरिटी गार्डको ५१ हजार भन्दा माथि र क्लिनरको २५ हजार भन्दा माथि हुनेछ । 

२ वर्षको करार अवधि रहेको कम्पनीमा हप्तामा ६ दीन दैनिक ८ घण्टा काम गर्न पर्ने छ । कामदारले कम्पनीको नियम अनुसार ओभर टाइम र वार्षिक बिदा पाउने छन् । 

जान चाहाले इच्छुकले सपोर्ट ह्युमन रिसोसेज प्रा. लिको कार्यालय  सिनामंगलमा सम्पर्क राख्न सक्नुहुनेछ छ । अन्तर्वार्ता यही वैशाख ३ गते  मेनपावरको कार्यालयमा हुनेछ । 

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । 

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।

शनिबार, २८ चैत्र २०७७, १४ : २०

प्रतिक्रिया