कोरोना संक्रमित अभिनेता सतिश कौलको निधन !

शनिबार, २८ चैत्र २०७७, १७ : ०७

अभिनेता सतिश कौलको निधन भएको छ । कोरोना संक्रमण पुष्टि भएका ७४ वर्षीय सतिसको आज मृत्यु भएको हो  ।

उनको निधनको खबर उनकी बहिनी सुष्माले पुष्टि गरेकी हुन् । सामान्य ज्वरो आएपछि कोरोना संक्रमण देखिएला भनेर उनी परीक्षण गर्न डराइरहेका थिए सुष्माले भनिन् । 

तीन दिन अघि उनको स्थिति खराब भएपछि केयर टेकरले उनलाई अस्पताल भर्ना गराएर उनको कोभिड परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । 

 ३ सय भन्दा बढी पञ्जाबी र हिन्दी फिल्मका अभिनेता रहेका सतिशले बीआर चोपडाको ‘महाभारत’ मा इन्द्र देवको भूमिकामा देखिएका थिए । सतिशले टिभीमा महाभारतबाहेक विक्रम और बेतालका साथै ठूलो पर्दामा प्यार तो होना ही था र आन्टी नम्बर वानजस्ता फिल्ममा काम गरेका थिए ।

शनिबार, २८ चैत्र २०७७, १७ : ०७

प्रतिक्रिया