बलिउड अभिनेत्री कियारा आडवानी र अभिनेता रणवीर सिंह एकसाथ देखिने भएका छन् । कियारा र रणवीर साउथ मुभी ‘अन्नियन’ को हिन्दी रिमेकमा एक साथ देखिने भएका हुन् ।
फिल्म ‘कविर सिंह’ बाट चर्चामा आएकी कियारालाई पुन:रिमेककै लागी अफर आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । २००५ मा रिलिज भएको सुपरहिट फिल्म ‘अन्नियन’को निर्देशन शंकरले गरेका थिए । अन्नियन कोलागि शंकरले रणवीरसँग कुरा गरिरहेको सञ्चारमाध्यमले बताएका छन् ।
२००१ मा अभिनेता अनिल कपुर र अभिनेत्री रानी मुखर्जी लाई लिएर सुपरहिट फिल्म नायक निमार्ण गरेका शंकर २० वर्षपछि पुन: बलिउड फिल्मका लागी काम गर्दै छन् ।
प्रतिक्रिया