हलिउड स्टार तथा पूर्व रेस्लर ड्वेन जोनसन (द रक) अमेरिकाको राष्ट्रपति बन्न सक्ने एक सर्बेक्षणले देखाएको छ ।
अमेरिकी म्यागजिन न्यूजविकले गरेको एक सर्वेक्षणमा ४६ प्रतिशत जनता जोनसनको सर्मथनमा देखिएका छन् ।
यद्यपी जोनसनले यसअघि पनि कैयौं पटक आफू राष्ट्रपतिको चुनावी प्रतिस्पर्धा गर्ने विषयमा आफ्ना तर्क राखीसकेका छन्।केहि समय अघि रकले भनेका थिए की ‘यदि जनताले चाहनुहुन्छ भने म राष्ट्रपतिको निर्वाचनमा सहभागी हुनेबारे सोच्न सक्छु’ ‘त्यो जनतामा निर्भर हुनेछ त्यसैले मैले पर्खिनुपर्छ र हेर्नुपर्छ ।’
रकले हालसालै न्यूजविकको समाचार सेयर गर्दै इन्स्टागम पोस्टमार्फत यो आफ्नो लागि सम्मानको कुरा हुने बताएका छन् । उनले लेखेका छन् ‘मलाई लाग्दैन हाम्रा संस्थापक पिताहरुले कहिल्यै पनि एउटा ६ फिट ४ इन्चको, तालुखुइले, ट्याटुले भरिएको, आधा कालो, आधा सामोअन, टकिला पिउने, पिकअप ट्रक चलाउने, फ्यानी प्याक लगाउने व्यक्ति आफ्नो क्लवमा सामेल हुन्छ भन्ने सोचेका थिएनन् होला । तर, यदि यस्तो भयो भने तपाइँहरु, नागरिकहरुको सेवा गर्न पाउनु मेरो लागि सम्मानको विषय हुनेछ ।’
प्रतिक्रिया