५ लाख पारिश्रमिकमा धिरजलाई भिडियोको अफर !

सोमबार, ३० चैत्र २०७७, १२ : ५६

काठमाडौं - नेपाली चलचित्रमा नाम चलेका अभिनेता मध्ये एक अभिनेत हुन् धिरज मगर । धिरजले लकडाउनपछि चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन सकेका छन् । 

उनी, अब चलचित्र ‘बाबरी क्याफे’को छायांकनमा जोडिने तयारीमा छन् । लकडाउनपछि धेरै नेपाली चलचित्रका कलाकारको व्यस्तता म्युजिक भिडियोमा देखिएको छ । 

तर, केही कलाकारले भने आफूलाई रिजर्भ राखेका छन् । धिरज मगर पनि आफूलाई रिजर्भ राख्ने नायकमा पर्छन् । 

लकडाउनपछि धिरजलाई म्यूजिक भिडियोमा काम गराउन पनि केही मेकरले कोशिश गरेको बुझिएको छ । 

धिरजले भने भिडियोमा काम गरेनन् । श्रोतका अनुसार, एक भारतीय गायकले गाएको गीतका लागि धिरजलाई ५ लाख रुपैयाँसम्म पारिश्रमिक दिन भिडियोका मेकर तयार भएका थिए । 

तर, धिरजले महँगो पारिश्रमिकमा पनि भिडियोमा काम गरेनन् ।धिरजलाई लिएर चलचित्र बनाउन चाहने निर्माताको संख्या ह्वात्तै बढेको छ । धिरज, पछिल्लो समयका व्यस्त एवं माग भएका नायक हुन् ।

सोमबार, ३० चैत्र २०७७, १२ : ५६

प्रतिक्रिया