किन दिइन् दीपिकाले एमएएमआईको अध्यक्ष पदबाट राजीनामा ?

सोमबार, ३० चैत्र २०७७, १५ : ०२

एजेन्सी - बलिउड चर्चित नायिका दीपिका पादुकोणले मुम्बई एकेडेमी अफ मुभिङ इमेज (एमएएमआई)को अध्यक्ष पदबाट राजीनामा दिएकी छिन् । 

उनले सामाजिक सञ्जाल मार्फत उक्त घोषणा गर्दै यसको जानकारी दिएकी हुन् । दीपिकालाई दुई वर्ष अघि एमएएमआईको अध्यक्षमा नियुक्त गरिएको थियो । 

उनले किरण रावलाई ‘रिप्लेस’ गरेकी थिइन् । आफूसँग एमएएमआईलाई दिनु पर्ने समय नभएका कारण पदबाट राजिनामा दिनु परेको उनले बताएकी छिन् ।

उनले सामाजिक सञ्जालको इन्स्टाग्रामको स्टोरीमा पोस्ट गर्दै लेखेकी छिन्, 'एमएएमआई बोर्डमा हुँदा र अध्यक्षको रूपमा सेवा गर्दा एकदम राम्रो अनुभव लिएकी छु । मुम्बईमा विश्वभरि सिनेमा र प्रतिभालाई एक साथमा ल्याएर, एक कलाकारको रूपमा, यसले बल दिएको छ । मेरो दोस्रो घर हो । यद्यपि मैले महसुस गरेँ कि मेरो कामको कारण म यसलाई ध्यान दिन सक्दिनँ । साथै एकेडेमीसँगको मेरो सम्बन्ध जीवनभर रहनेछ ।'

सोमबार, ३० चैत्र २०७७, १५ : ०२

प्रतिक्रिया