काठमाडौं - नेपालीहरूको वैदेशिक रोजगारको प्रमुख गन्तव्य मलेसियामा विदेशी श्रमिकलाई सहज बनाउन सरकार सँग ध्यानाकर्षण गरिएको छ । कोरोना भाइरस सङ्क्रमणका कारण विदेशी कामदार आउन छोडेपछि मलेसियाका रोजगारदाताहरुले विदेशी श्रमिक लिन सहज बनाइदिन यस्तो गरेका हुन् ।
फेडेरेशन अफ मलेसियन म्यानुफ्याक्चरर ९एफएमएम० ले कामदारको कमीले व्यवसाय सञ्चालन गर्न समस्या परेको भन्दै सकेसम्म छिटो विदेशी कामदार आउने व्यवस्थामा सहजिकरण गरिदिन आग्रह गरेको छ ।
मलेसियामा एफएमएम धेरै रोजगारदाता संलग्नहरूको संस्था मानिन्छ । मलेसियामा विभिन्न १५ देशका १७ लाख बढी विदेशी कामदार रहेका छन् । त्यसमा नेपाली कामदारको संख्या तीन लाख पचास हजार भन्दा केही बढी रहेको छ । कोभिड–१९ का कारण मलेसियाले नयाँ कामदारका अप्रुभ दिएको छैन ।
मलेसियामा विदेशी कामदारले कम तलबमा तल्ला पदमा काम गर्ने गरेको र स्थानीयले तल्ला र कम पारिश्रमिक पाउने काममा रुचि नराख्ने भन्दै व्यवसाय चलाउन मानवीय जनशक्ति अपरिहार्य रहेको बताएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
प्रतिक्रिया