शाहरुखले किन मागे प्रशंसकसँग माफी ?

बुधबार, ०१ बैशाख २०७८, ११ : ३१

एजेन्सी - बलिउड सुपरस्टार शाहरुख खानले प्रशंसकहरु सँग माफी मागेका छन् । उनले हालै केकेआरले चेन्नईमा मुम्बई इन्डियन्ससँग हार बेहोरेको प्रति माफी मागेका हुन् । 

शाहरुख खान फिल्म इन्डष्ट्रिमा मात्र विषेश नभई उनी क्रिकेटमा पनि विशेष रुची राख्ने गर्छन् । यसैकारण उनी आइपीएलको टीम केकेआरका सह मालिक हुन् । 

हालै केकेआरले चेन्नईमा मुम्बई इन्डियन्ससँग एक खेल खेल्यो । जसमा केकेआरले हार व्यवहोर्नुपर्७शधवसयो । यसै हारपछि केकेआरका प्रशंसक उनीसँग निकै रिसाएको देख्न सकिन्छ । प्रशंसक रिसाएको देखेपछि शाहरुख खानले केकेआरको हारका लागि एउटा ट्वीट गरेर माफी मागेका छन् ।

केकेआरको  हारपछि टिमका सह–मालिक शाहरुखले एक ट्वीट गरेका छन् । जसमा उनले प्रशंसकसँग माफी मागेका छन् । शाहरुखले ट्वीटमा लेखे, ‘निराशाजनक प्रदर्शन, कम शब्दमा भन्नेछु, सबै कोलकाता नाइट राइडर्स प्रशंसकसँग माफी चाहन्छु ।’

बुधबार, ०१ बैशाख २०७८, ११ : ३१

प्रतिक्रिया