भारतीय अभिनेता आशुतोष राणालाई कोरोना संक्रमण पुष्टि भएको छ । एक हप्ता अघी कोरोना खोप लगाएका आशुतोष लाई कोरोना संक्रमण भएको उनी आफैले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।
आशुतोषले गत ६ अप्रिलमा कोरोना भाइरसविरुद्धको खोप लगाएका थिए । उनले आफ्नी पत्नीसँगै कोरोना भाइरसको खोपको पहिलो डोज लिएका थिए ।
यस्तै उनले आफ्ना परिवारका अन्य सदस्यहरुको पनि कोरोना परीक्षण गराएको र उनीहरुको रिपोर्ट भोली आउने पनि बताएका छन् ।
प्रतिक्रिया