शिशिरको फोटो फिरीम–२ सार्वजनिक !

विहीबार, ०२ बैशाख २०७८, १६ : ००

यूट्यूबर, सामाजिक अभियन्ता, अभिनेता तथा गीतकार शिशिर भण्डारीको फोटो फिरीम–२ (रुमाल चिनो छ) सार्वजनिक भएको छ । 
फोटो फिरीमको अपार सफलता पछि भण्डारीले एक बर्स पछि फोटो फिरीम–२ ल्याएका हुन् । 

भण्डारीको शब्द संगीत रहेको गीतमा प्रताप दास, रचना रिमाल र कुमार अभिको आवाज रहेको छ । 

भण्डारीकै निर्देशनमा बनेको गीतको भिडियोमा  प्रेममा  बिछोड ,त्याग र बिछोड पछिको मानसिक र शारीरिक सन्तुलन गुमाएको अवस्थालाई देखाउन खोजिएको छ ।

भिडियो फोटो फिरीमको सिक्वेल रहेको छ । भिडियोमा शिशिर भण्डारी ,रिस्ता बस्नेत ,जुना सुन्दास ,प्रकाश रामदाम ,बसन्त भण्डारी, श्रद्धा गौतम ,पुजा गौतम लगायतको अभिनय रहेको छ । 
 

 

विहीबार, ०२ बैशाख २०७८, १६ : ००

प्रतिक्रिया