कतारमा विदेशी कामदारको पनि अनिवार्य स्वास्थ्य बीमा

शुक्रबार, ०३ बैशाख २०७८, ०७ : ४७

काठमाडौं - कतारमा विदेशी कामदारको स्वास्थ्य बीमा अनिवार्य गरिएको छ । कतारको सुरा काउन्सीलले विदेशी कामदारलाई समेत समेटेर नयाँ कानून पारित गरेको छ । 

यो सँगै अब रोजगारीका लागि कतार जाने विदेशी कामदारको अनिवार्य स्वास्थ्य बीमा हुने भएको छ । 
नयाँ कानूनमा आवासीय अनुमति परिचयपत्र जारी गर्नुअघि विदेशी कामदारको स्वास्थ्य बीमा गरिएको हुनुपर्ने व्यवस्था छ । 

विदेशी कामदारको बीमा खर्च रोजगारदाताले व्यहोर्नुपर्ने छ । बीमाले कतारमा रहँदा कुनै स्वास्थ्य समस्या आइपरेमा उपचार खर्च व्यहोर्ने छ ।

शुक्रबार, ०३ बैशाख २०७८, ०७ : ४७

प्रतिक्रिया