साउदीमा आकर्षक तलबका ८० जना नेपाली कामदारको माग

शुक्रबार, ०३ बैशाख २०७८, १७ : ४०

 
साउदीले आकर्षक तलवका साथ नेपाली कामदारको माग गरेको छ । साउदीको  Abaja Cont EST कम्पनीले  Ordinary Woeker, Whole Vehicle Driver पदका लागी ८० जना  नेपाली पुरुष कामदारको माग गरेको हो ।  जसको तलव खान बस्न सहित ३१ हजार देखि ७० हजार सम्म हुने छ । 

कामदारले हप्तामा ६ दिन र  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

इच्छुक कामदारले  रालेक्स रिक्रुटमेन्ट प्रालिको कार्यालय महाराजगंज काठमाडौँमा  २०७८ साल बैशाख १० गते अन्तरवार्ता दिनु पर्ने छ । स्वदेशमा हुने मेडिकलको खर्च, र स्वदेशमा हुने बिमा खर्च, र भिसा स्ट्याम्पीङ शुल्क  रोजगारदाताले बेहोर्ने छ । 

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ । 

शुक्रबार, ०३ बैशाख २०७८, १७ : ४०

प्रतिक्रिया