साउदीले माग्यो नेपाली कामदार, यस्तो छ तलब तथा सेवासुविधा

३ बर्ष अगाडि

काठमाडौं - साउदीको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । साउदी सहरमा रहेको enjaz alsharq ceneral contracting कम्पनीले नपाली पुरुष कामदारको माग गरेको हो । 

कम्पनीले truck driver का लागि १० जना, bulldozer driver का लागि १० जना, excavator driver लागि ५ जना र road roller का लागि ३ जना गरि जम्मा २७ नेपाली कामदारको माग गरेको छ । कामदारले हप्तामा ६ दिन र  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । तलब खान बस्न सहित ५७ हजार माथि देखि ६३ हजार माथि पाउनेछन् । इच्छुक कामदारले  पिरामिड इनटरनेशनल इम्प्लोइमेन्ट सर्भिस प्रा लि को कार्यालय महाराजगञ्ज काठमाडौँमा  बैशाख १० गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, र स्वदेशमा हुने बिमा खर्च, र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । 

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया