कार्तिक आर्यन मात्र होइन बलिउड फिल्मबाट निकालिएको कलाकार, अरु को को ?

२ बर्ष अगाडि

एजेन्सी - बलिउड अभिनेता कार्तिक आर्यनलाई धर्मा प्रोडक्सनको निर्माणाधीन फिल्म ‘दोस्ताना २’बाट निकालिएको छ ।  यो सँगै धर्माले कार्तिकका लागि आफ्नो ढोका सदा बन्द भएको घोषणा पनि गरेको छ ।

यही कारण अहिले बलिउड क्षेत्र तातिएको छ । तर उनीमात्र होइन यसअघि पनि थुप्रै कलाकारहरूलाई फिल्मबाट बाहिर निकालिएको छ ।
 
ऐश्वर्या राय बच्चन

शाहरुख खान र रानी मुखर्जीको फिल्म ‘चलते चलते’ मा रानीभन्दा अगाडि ऐश्वर्या राय बच्चनलाई लिने भएको थियो । तर ऐश्वर्या र सलमानको ब्रेकअप भएपछि ऐश्वर्याले फिल्ममा काम गरिनन् । 
साथै उनी मधुर भंडारकरको एउटा फिल्ममा अनुबन्धित भएकी थिइन् । उनी फिल्मको सुटिङ गर्दागर्दै गर्भवती भइन् । जसको कारण उनलाई फिल्मबाट निकालियो । 

करीना कपूर
चर्चित अभिनेता ऋतिक रोशन र अमीषा पटेलको फिल्म ‘कहो न प्यार है’ मा अभिनेत्री करीना कपूरले साइन गरेको थिइन् । तर उनलाई पनि उक्त फिल्मबाट निकालिएको थियो । 

रणबीर कपूर
ऐश्वर्या राय र ऋतिक रोशको फिल्म ‘जोधा अकबर’ मा रणबीर कपूर अभिनेताको रुपमा थिए तर उनलाई रातारात फिल्मबाट निकालियो ।

सुशान्त सिंह राजपुत
सन् २०१५ मा चेतन भगतले ‘हाफ गर्लफ्रेन्ड’ मा सुशान्त सिंह राजपुतलाई लिइने घोषणा गरेका थिए तर अर्जुन कपूर उक्त भूमिकामा देखिए । 

तारा सुतारिया
शाहिद कपूर र कियारा आडबाणीको फिल्म ‘कबिर सिंह’ बक्स अफिसमा सुपरहिट भयो । फिल्मको मुख्य भूमिकामा रहेकी ‘प्रीति’ को भूमिकाका लागि तारा सुतारियालाई लिइएको थियो । तर उनी एकाएक निकालिइन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया