बहराइनको एक कम्पनीले माग्यो नेपाली कामदार, तलब कति ?

शनिबार, ०४ बैशाख २०७८, १५ : २२

काठमाडौं - बहराइनको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । बहराइनको सहरमा रहेको white zone tailoring कम्पनीले tailor का लागि जम्मा ७ जना नेपाली पुरुष कामदारको माग गरेको हो । 

कामदारले हप्तामा ६ दिन र  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । 

तलब खान बस्न सहित ४७ हजार माथि पाउनेछन् । इच्छुक कामदारले empire international pvt. ltd. को कार्यालय शान्तिनगर काठमाडौंमा बैशाख १० गते र ११ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, र स्वदेशमा हुने बिमा खर्च, र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । 

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ । 

शनिबार, ०४ बैशाख २०७८, १५ : २२

प्रतिक्रिया