पुनः रामायण प्रसारण हुँदै

३ बर्ष अगाडि

भारतमा कोरोनाभाइरसको दोस्रो लहर तीब्र गतिमा फैलिरहेको बेला  एकपटक पुनः रामानन्द सागरको रामायण प्रसारण गरिँदैछ । भारतमा कोरोना लकडाउनका बेला अघिल्लो वर्ष सन् २०२० मा पनि रामानन्द सागरको रामायण प्रसारित भएको थियो ।


यो खबरमा रामायढाकी अनस्क्रिन सीता अर्थात् दीपिका चिखलियाले खुसी व्यक्त गरेकी छिन् । रामानन्द सागरको रामायणमा सीताको भूमिका निभाउने दीपिका चिखलियाले इन्स्टाग्राममा रामायण पुनः प्रसारण भएकोमा खुसी व्यक्त गरेकी छिन् । 

सोसल मिडियामा दर्शकका लागि यो खबर सेयर गर्दै दीपिका चिखलियाले इतिहासले आफूलाई दोहोराइरहेको भान भएको बताएकी छिन् । अघिल्लो वर्ष दूरदर्शनमा रामायण रिलिज गरिएको थियो । यसपटक रामायण स्टार भारतले प्रसारण गर्नेछ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया