कतारले माग्यो १५० नेपाली कामदार , के के छन् सुविधा ?

३ बर्ष अगाडि

फ्रिभिसा फ्रि टिकट सहित शून्य लागतमा कतारले भारी मात्रामा नेपाली कामदारको माग गरेको छ । कतारको दोहा सहर स्थित Hamad Bin Khalid Contracting Co.WLL  कम्पनीले लेबर  पदमा १५० नेपाली पुरुष कामदारको माग गरेको हो ।  

कामदारले तलब खान बस्न सहित  ३२ हजार देखि ६९ हजार सम्म पाउनेछन् । कामदारले हप्तामा ६ दिन र  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

इच्छुक कामदारले  साउन्डलाईन्स रिक्रुटमेन्ट प्रालिको कार्यालय महालक्ष्मीस्थान ललितपुरमा २०७८ साल बैशाख १० गते अन्तरवार्ता दिनु पर्ने छ । स्वदेशमा हुने मेडिकलको खर्च, र स्वदेशमा हुने बिमा खर्च, र भिसा स्ट्याम्पीङ शुल्क  रोजगारदाताले बेहोर्ने छ । 

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया