कार्तिकलाई हटाएपछि  ‘दोस्ताना टु’ मा कसलाई भित्र्याउँदैछन् करण ?

३ बर्ष अगाडि

कार्तिक आर्यनलाई बलिउडको सबैभन्दा ठूलो निर्माण कम्पनी धर्मा प्रोडक्सनको ठूलो फिल्म ‘दोस्ताना टु’ बाट निकालिएको खबर सार्वजनिक भए सँगै अर्को एउटा खबर पनि बाहिरिएको छ । 

पिंकविलाको खबर अनुसार कार्तिकलाई अर्को एउटा फिल्मबाट पनि निकालिएको छ । उक्त फिल्ममा उनी नै अनुबन्ध हुने लगभग निश्चित नै भइसकेको बताइन्छ । यो फिल्मका निर्देशक शरण शर्मा हुन् जसले जान्ह्वी कपुरसँग गुञ्जन सक्सेना बनाएका थिए ।

करण जोहरले निर्देशक कुलिन डी कुन्हाको फिल्म दोस्तान टु बनाउने घोषणा सन् २०१९ मा गरेका थिए । यो फिल्ममा कार्तिक आर्यन बाहेक जान्ह्वी कपुर र नषँ अनुहार लक्ष्यलाई लिइएको थियो । फिल्मको सुटिङ सन् २०१९ को अन्त्यमा सुरु भएको थियो ।

यसमा भारतमा गर्ने भनिएको सुटिङको एउटा ठूलो हिस्सा पूरा भइसकेको थियो । मार्चमा कोरोनाको दोस्रो लहर सुरु भएपछि सुटिङ बीचमा नै रोकिएको थियो ।

भारतमा भएको सुटिङमा करण जोहरले २० करोड भारु खर्च गरेका थिए । तर उनी कार्तिकसँग रिसाएर उक्त पैसाको पर्वाह नगरी फिल्मबाट कार्तिकलाई निकाल्ने घोषणा गरेका हुन् । यसमा अब विकी कौशल वा राजकुमार रावलाई लिने पनि चर्चा भइरहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया