UAE ले माग्यो ४३३ नेपाली कामदार, कति छ तलव ?

बुधबार, ०८ बैशाख २०७८, १८ : ५६

UAE को एक कम्पनीले  ४३३ नेपाली कामदारको माग गरेको छ ।  को  Ejadah Asset Management Group  कम्पनीले क्लिनर पदका लागी ४३३  नेपाली पुरुष महिला कामदारको माग गरेको हो । 

कामदारको तलब खान बस्न सहित २६  हजार माथि पाउनेछन् । कामदारले हप्तामा ६ दिन र  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

 इच्छुक कामदारले  अञ्जली ओभरसिज सर्भिस प्रा लि को कार्यालय सामाखुसी  काठमाडौंमा बैशाख १५ गते देखी बैशाख २२ गते सम्म अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, र स्वदेशमा हुने बिमा खर्च, र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । 

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ । 

बुधबार, ०८ बैशाख २०७८, १८ : ५६

प्रतिक्रिया