एजेन्सी - बलिउड अभिनेता सलमान खानको फिल्म 'राधे' रिलिज हुने भएको छ । भरतले कोरोना संक्रमित थपिने विश्वमा नै रेकर्ड बनाइरहँदा फिल्म रिलिज गर्ने घोषणा गरिएको हो ।
फिल्म इद (मे १३) मा हल र ओटीटी प्लेटफर्म मार्फत मारिलिज गर्ने भन्दै उनले ट्विटरमार्फत घोषणा गरेका हुन् । सङ्क्रमणका कारण भारतका धेरै ठाउँमा हलहरू बन्द भइसकेका छन् । महाराष्ट्र, दिल्ली लगायतका राज्यमा लकडाउन नै गरिएको छ ।
उक्त राधे फिल्म भने हाल सञ्चालनमा रहेका हलहरुका साथै ओटीटी प्लेटफर्ममा एकसाथ रिलिज हुनेछ । फिल्म जी प्लेक्सबाट रिलिज हुनेछ ।
फिल्मको ट्रेलर २२ अप्रिलमा सार्वजनिक हुनेछ । फिल्मलाई ४० देशमा रिलिज गर्ने तयारी समेत भइरहेको छ । प्रभु देवाको निर्देशन रहेको फिल्ममा सलमान खान, दिशा पटानी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा ३ लाख १६ हजार मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । योसँगै एकैदिन यति धेरै कोरोना भाइरस संक्रमित थपिने भारत संसारकै पहिलो देश बनेको छ ।
यसअघि संयुक्त राज्य अमेरिकामा एकैदिन ३ लाख संक्रमित थपिएका थिए । गत जनवरी ८ मा अमेरिकामा ३ लाख ७ हजार ५ सय ८१ जना संक्रमित थपिएका थिए ।
प्रतिक्रिया