बहराइनको एक कम्पनीका लागि नेपाली कामदारको माग, तलब कति ?

विहीबार, ०९ बैशाख २०७८, १५ : २१

काठमाडौं - बहराइनले नेपाली कामदारको माग गरेरको छ । बहराइनको मनमा सहरमा रहेको al sulaiti trading and marine services कम्पनीले वर्करका लागि १० नेपाली पुरुष कामदारको माग गरेरको हो ।

न्यनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

तलब खान बस्न सहित ५७ हजार माथि पाउनेछन् । इच्छुक कामदारले निलकमल ह्युमन रिसोर्स प्रा लीको कार्यालय सिनामंगल एयरपोर्ट काठमाडौंमा बैशाख १६ गते अन्तरवार्ता दिनु पर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, र स्वदेशमा हुने बिमा खर्च, र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । 

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च, भिसा शुल्क, र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ । 

विहीबार, ०९ बैशाख २०७८, १५ : २१

प्रतिक्रिया