पत्रकारद्वय अनिश तामाङ र दुर्गालाल तामाङलाई तत्काल निःसर्त रिहाइको माग

३ बर्ष अगाडि

काठमाडौं– प्रेस सङ्गठन नेपाल, उपत्यका प्रदेश कमिटीले पत्रकारद्वय अनिश तामाङ र दुर्गालाल तामाङलाई तत्काल निःसर्त रिहाइको माग गरेको छ । सो सङ्गठनले उज्यालो नेटवर्क अनलाइनका सम्पादक अनिश तामाङलाई कार्यालयबाटै र उज्यालो नेटवर्कका महाप्रबन्धक दुर्गालाल तामाङलाई बसुन्धाराबाट आइतबार प्रहरीले गिरफ्तार गरेको घटनाको भत्र्सना गर्दै यस्ता कार्य तत्काल बन्द गर्नुपर्ने माग गरेको छ ।

सङ्गठनले आज विज्ञप्ति जारी गरी अदालतको आदेश तथा सञ्चारमाध्यमसँग सम्बन्धित सबै जिम्मेवारी बोकेको प्रेस काउन्सिलले गरेको निर्णयविरुद्ध संवैधानिक व्यवस्थामाथि हस्तक्षेप गरेको ठहर गरेको छ ।  सङ्गठनले तत्काल रिहाइ नभए प्रेस स्वतन्त्रतता कायम राख्न कडाभन्दा कडा आन्दोलन गर्न बाध्य हुने समेत जनाएको छ । 

    

३ बर्ष अगाडि

प्रतिक्रिया