३ महिनामै गुगलको नाफा २१ खर्ब

२ बर्ष अगाडि

काठमाडौं- नयाँ वर्षको पहिलो त्रैमासिक पनि महामारीको चपेटामा  गुगलको मातृ कम्पनी अल्फाबेटको  खुद नाफा १६२ प्रतिशतले बढेर तीन महिनामै १७ अर्ब ९० करोड डलर (२१ खर्ब २१ लाखभन्दा बढी) को रेकर्ड राखेको छ । गत जनवरीदेखि मार्चसम्मको अवधिमा कम्पनीको सबैभन्दा धेरै आम्दानी विज्ञापनकै कारणले बढेको छ ।

गुगल प्रयोगकर्ताहरुको अनलाइन गतिविधि बढेको कारण यस्तो परिणाम आएको कम्पनीले बताएको छ ।

यस्तै, उक्त त्रैमासिक अवधिमा गुगल सर्च व्यवसाय ३० प्रतिशतले बढेर ३१ अर्ब ९० करोड डलरको भएको छ भने युट्युवको बिक्री पनि ४९ प्रतिशतले बढेर ६ अर्ब डलरमा पुगेको छ ।

तर पछिल्ला वर्षहरुमा यस्ता टेक जाइन्टरहरुले प्रतिस्पर्धा तथा गोपनीयताका विषयमा निरन्तर नियामकहरुको चेतावनी सुन्दै आइरहेका छन् ।

यसैबीच अमेरिका र युरोपेली नियामकहरु पनि गुगल र अन्य टेक जायन्ट कम्पनीमाथिको नियमनलाई थप कडाईका साथ लिएर जाने विषयमा निरन्तर छलफलमा छन् ।  

२ बर्ष अगाडि

प्रतिक्रिया