गृह मन्त्रालयमा पूर्वलडाकुले विष सेवन गर्दा...

५ बर्ष अगाडि

 
काठमाडौं — शान्ति सम्झौताको दिन बुधबार गृहमन्त्री रामबहादुर थापालाई भेट्न पुगेका एक पूर्वलडाकुले गृह मन्त्रालयमै विष सेवन गरी आत्महत्या प्रयास गरेका छन् ।
अाजको नयाँ पत्रिका दैनिक लेख्छ–३५ वर्षीय कुलप्रसाद भट्टराईले बुधबार साँझ विष सेवन गरेका हुन् ।

गृहमन्त्री थापालाई भेट्न गएका सामूहिक टोलीमा उनी कार्यकक्ष प्रवेश गरेका थिए ।

द्वन्द्वकालमा आफूलाई गोली लागेको र कुनै सहयोग नपाएको भन्दै उनले आँसु झारेका थिए । खान, लाउन समस्या हुँदा पनि पार्टी र सरकारले केही नगरेको भन्दै उनले खल्तीबाट विष निकालेर सेवन गरेका थिए ।

तत्कालै सुरक्षाकर्मीले उनलाई वीर अस्पताल पुर्याएका थिए । उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया