टेलिकमको तेस्रो त्रैमासको खुद नाफा २ अर्ब  !

विहीबार, ३० बैशाख २०७८, १३ : २७

चालु आर्थिक वर्षमा नेपाल टेलिकमको खुद नाफा बढेको छ ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा टेलिकमको खुद नाफा ७ प्रतिशतले बढेको हो । 

कम्पनिको गत आ.व. को तेस्रो त्रैमास सम्मको कुल आय रु ३२ अर्ब २७ करोड २३ लाख रहेकोमा चालु आ.व.को सोही अवधिमा कुल आय रु ३१ अर्ब ६७ करोड ३७ लाख रहेको छ । चालु आ.व. को सोही अवधिमा कम्पनिको मुनाफा गत आ.व को भन्दा १ अर्ब ६८ करोड बराबरले  घटेर ५ अर्ब ८८ करोड ४४ लाख रुपैयाँ रहेको छ । 

त्यस्तै, चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कुल सेवा वापतको आय ९ अर्ब ८ करोड ९५ लाख रहेकोमा चालु आ.व को तेस्रो त्रैमासमा ६३ करोड ६८ लाख ६५ हजार ९ सय ९७ ले वृद्धि भई रु ९ अर्ब ७२ करोड ६४ लाख ३९ हजार४ सय ५९ पुगेको हो । तेस्रो त्रैमासमा भने खुद मुनाफा बढेर २ अर्ब ५९ करोड ५० लाख पुगेको छ ।

विहीबार, ३० बैशाख २०७८, १३ : २७

प्रतिक्रिया