कहिले बन्ला पूर्ण सरकार ? प्रचण्डले भने यस्तो

६ बर्ष अगाडि

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्सी बिहिबारसम्ममा सरकारले पूर्णता पाउने दाबी गरेका छन् । नयाँ राष्ट्रपति चयनका लागि सोमबार भएको मतदान पछि प्रतिक्रिया दिँदै प्रचण्डले यस्तो बताएका हुन् । ‘सरकारलाई पूर्णता दिने विषयमा आजमात्रै पनि प्रधानमन्त्रीसँग छलफल भएको छ’, प्रचण्डले भने, ‘ भोलि या पर्सीसम्मा सरकारलाई पूर्णता दिन्छौं ।’ उनले २०७४ साल चुनावी वर्षको रुपमा रहेको भन्दै आफ्नै नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचन सम्पन्न गराएको पनि प्रचण्डले बताए । उनले नयाँ सरकार स्थिरता र विकासको पक्षमा रहेको भन्दै अबको लडाईँ पनि यही भएको बताए ।

६ बर्ष अगाडि

प्रतिक्रिया