प्रधानन्यायाधीश पदबाट राजीनामा दिएपछि के भने पराजुलीले ?

६ बर्ष अगाडि

काठमाडौं–प्रधानन्यायाधीश गोपाल पराजुलीले  आफूलाई चारैतिरबाट आक्रमण भएको प्रतिकृया दिएका छन् । 
बिहिबार पदबाट राजीनामा दिएसँगै उनले भने – ‘म सहजै निकास दिने पक्षमा थिएँ, मैले राम्रो काम गर्दागर्दै पनि ममाथि चारैतिरबाट आक्रमण भयो ।’
उनले विश्वमा कहिँ नभएको प्रचलनमार्फत न्यायपरिषदले आफ्नो पद हाइज्याक गरेको समेत दाबी गरे ।  एउटा  सचिवले प्रधाननयायधीबारे निर्णय गर्नुले यसको  राम्रो नजिर नबस्ने उनको दाबी थियो । 
पराजुलीले बिहीबार दिउँसो शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो राजीनामा बुझाएका हुन् । 
पराजुलीको राजीनामा बुझ्दै राष्ट्रपति भण्डारीले आफ्नो कार्यकालमा पुर्याएको योगदानप्रति धन्यवाद दिएकी थिइन् । 
यसअघि आजै बिहान प्रधानन्यायाधीश पराजुलीले प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डसँग छलफल गरेका थिए । 
छलफलमा  ओली र प्रचण्डले  राजीनामा दिन सुझाएको स्रोतले बताएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया