नेकपा प्रदेश कमिटी घोषणा, १ हजार ३८६ नेताले पाए जिम्मेवारी

५ बर्ष अगाडि

काठमडौं  –नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश कमिटी निर्माणसँगै १ हजार ३८६ नेताले जिम्मेवारी पाएका छन् । 

सोमबार पार्टीले प्रदेश कमिटीको नामावली सार्वजनिक गरेपछि नेकपाको प्रदेश कमिटीले पूर्णता पाएको छ ।

नेकपा महासचिव विष्णु पौडेलले प्रदेश कमिटीका सदस्यको नामावली सार्वजनिक गरेका हुन् । 
तत्कालीन नेकपा (एमाले) र एकीकृत नेकपा (माओवाद केन्द्र) बीच पार्टी एकता भएको ६ महिनापछि प्रदेश कमिटीको टुंगो लागेको हो ।
५ असोजमा बसेको नेकपा सचिवालय बैठकले प्रदेश कमिटीका पदाधिकारी चयन गरेको थियो । पार्टीले सातै प्रदेशको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयन गरेपछि सदस्यहरूको नामावली सार्वजनिक गरेको हो । राजधानी दैनिकमा विस्तृतमा खबर छापिएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया