बैंकिङ कसूरमा २० दिन कैद र ४८ लाख जरिवाना ठहरपछि फरार अभियुक्त पक्राउ

शुक्रबार, १८ असार २०७८, ०७ : ३४

काठमाडौं - बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् ।

उच्च अदालत पाटनको २०७७ पुस १४ र माघ १८ गतेको फैसलाले अभियुक्त ठहर भएका रामेछाप खाँडाखेतीका ४६ वर्षीय सानुकाजी महतलाई बिहीबार प्रहरीले पक्राउ गरेको होे ।

महत गोकर्णेश्वर नगरपालिका–७ जोरपाटी बस्दै आएका थिए । महतलाई उच्च अदालत पाटनले १५ दिन कैद र ३५ लाख रुपैयाँ जरिवाना तथा ५ दिन कैद र १३ लाख रुपैयाँ जरिवाना गरी कूल २० दिन कैद र ४८ लाख जरिवाना ठहर भएपछि फरार भएका थिए ।

फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं जोरपाटीबाट पक्राउ गरेको हो ।

महतले २०७६ सालमा आफ्नो खातामा पर्याप्त रकम छैन भन्ने जानी जानी नेपाल इन्भेष्टमेन्ट बैंक र एनसिसि बैंकमा रहेको निजको नामको खाताबाट पीडितहरूलाई ४८ लाख रुपैंया बराबरको चेक काटी दिएको थिए ।

शुक्रबार, १८ असार २०७८, ०७ : ३४

प्रतिक्रिया