नागरिक लगानी कोषको साधारण सभा आज, १७.८९ प्रतिशत लाभांश पारित हुदै

शुक्रबार, १८ असार २०७८, ०८ : १२

काठमाडौं - नागरिक लगानी कोषको वार्षिक साधारण सभा आज हुँदैछ । 

जेठ २१ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कोषको २६औँ वार्षिक साधारण सभा आज केन्द्रिय कार्यालय, नयाँ बानेश्वर, काठमाडौँमा अपरान्ह २ बजेदेखि सुरू हुनेछ । 

कोषले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कोषका सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ८.८९ प्रतिशत नगद गरि कूल १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, कोषले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असार ८ बुकक्लोज गरेको छ । त्यसैले, असार ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । 

शुक्रबार, १८ असार २०७८, ०८ : १२

प्रतिक्रिया