काठमाडौं - प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टको स्वामित्वमा रहेका ४ वटा कम्पनीको लिलामी सेयर भर्ने आज अन्तिम दिन रहेको छ ।
क्यापिटलले असार ११ गतेदेखि लिलामीमा ल्याएको ४ कम्पनीको ५ लाख ३० हजार कित्ता सेयरमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले आफ्नो स्वामित्वमा रहेको प्रभु बैंक, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल ग्रामीण विकास लघुवित्त र प्राइम कमर्सियल बैंकको संस्थापक सेयर लिलामीमा ल्याएको हो ।
जसमध्ये प्रभु बैंकको १ लाख कित्ता, नेशनल लाइफ इन्स्योरेन्सको २ लाख २५ हजार कित्ता, नेपाल ग्रामीण विकास लघुवित्तको ३५ हजार कित्ता र प्राइम कमर्सियल बैकको १ लाख ७० हजार कित्ता रहेको छ ।
उक्त सेयर खरीद गर्नका लागि योग्य इच्छुक विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाले बोलपत्र पेश गर्न सक्नेछन् ।
बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया