असार २६ बाट सिटिजन्स बैंक र सिर्जना फाइनान्सको एकीकृत कारोबार

शुक्रबार, १८ असार २०७८, १० : ११

काठमाडौं  - सिटिजन्स बैंक र सिर्जना फाइनान्सको एकीकृत कारोबार असार २६ बाट सुरु हुने भएकोे छ । 

दुवैलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार १५ गते अन्तिम स्वीकृति दिइसकेको छ । दुवैको जेठ २७ गते सम्पन्न विशेष साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए । 

सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १००ः९५ सेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिइएको छ । 

शुक्रबार, १८ असार २०७८, १० : ११

प्रतिक्रिया