काठमाडौं, कर्पोरेट डेभलपमेण्ट बैंकको वार्षिक साधारण सभा असार २५ गते बस्ने भएको छ ।
सभा बैंकको प्रधान कार्यालय आदर्शनगर वीरगञ्ज, पर्सामा बिहान ७ः३५ बजे सुरु हुने भएको छ । कम्पनीले कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन ।
सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । साथै आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
सभाको विशेष प्रस्तावले यस बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।
प्रतिक्रिया