काठमाडौं, सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नियुक्त भएका सुनिलकुमार पोखरेलले आजदेखि आफ्नो जिम्मेवारी सम्हालेका छन् ।
असार १८ गतेदेखि लागू हुनेगरी चार वर्षका लागि पोखरेललाई सीइओमा नियुक्त गरेको थियो ।
गत वैशाख १८ गते बैंकका तत्कालीन सीइओ गोविन्द गुरुङले राजीनामा दिएपछि डेपुटी सीइओ रहेका पोखरेल सिइओ नियुक्त भएका हुन् । उनले २०७६ साल जेठ २ गतेदेखि सिभिल बैंकको डेपुटी सीइओमा नियुक्ति लिएका थिए ।
सन् १९९१ देखि बैंकिङ सेवामा प्रवेश गरेका पोखरेलसँग एनआइसी, नबिल, स्ट्यान्डर्ड चाटर्ड बैंक हुँदै म्यान्माको एशियन ग्रीन डेभलपमेन्ट बैंकमा काम गरेको अनुभव छ ।
प्रतिक्रिया