बिक्रीमा आउदै १.५ अर्ब रुपैयाँको ‘ज्योति विकास बैंक बोन्ड २०८७’ ऋणपत्र, कहिलेबाट ?

आइतबार, २० असार २०७८, ०७ : ५१

काठमाडौं - ज्योति विकास बैंकले एक हजार अंकित दरका १५ लाख कित्ताले हुन आउने १.५ अर्ब रुपैयाँको ‘ज्योति विकास बैंक बोन्ड २०८७’ ऋणपत्र निष्कासन खुला गर्ने भएको छ ।

उक्त ऋणपत्र असार २० गतेदेखि निष्कासन खुला गर्ने बैंकले एक सुचना मार्फत जानकारी दिएको छ । बैंकले निष्कासनको निमित्त एनआईबिएलएस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ ।

९ प्रतिशत वार्षिक ब्याजदरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गर्ने गरी १० वर्ष अवधिका लागि ऋणपत्र निष्कासन गरिएको छ । १.५ अर्ब रुपैयाँको ऋणपत्रमध्ये सर्वसाधारण लगानीकर्ताका लागि ६० करोड रुपैयाँ र व्यक्तिगतरविभिन्न संघ–संस्थाका लागि ९० करोड निष्कासन तथा बिक्री खुला गरेको हो ।

उक्त ऋणपत्रमा न्यूनतम आवेदन २५ कित्तादेखि अधिकतम आवेदन सम्पूर्ण कित्तार रहेको छ । लगानीकर्ताले यस ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सिआस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

आइतबार, २० असार २०७८, ०७ : ५१

प्रतिक्रिया