काठमाडौं - सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने 'सिद्धार्थ व्यवस्थित लगानी योजना' को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
सिद्धार्थ क्यापिटलले असार १६ गतेदेखि 'सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम' अन्र्तगत २० करोड रुपैयाँ बराबरको २ करोड इकाई बिक्री खुल्ला गरेकोे थियो । यस योजनमा अंकित मूल्य १० रुपैयाँ दरको इकाइमा खरिदकर्ताले कम्तिमा १०० इकाइका लागि आवेदन दिनु पर्नेछ । बढीमा २० लाख इकाइसम्म आवेदन दिन सकिन्छ ।
निष्कासन गरिएको इकाइ बाँडफाँटपछि खुद सम्पत्ति मूल्यका आधारमा अंकित मूल्यमा दैनिक खुद सम्पत्ति मूल्य गणना गरी त्यसैमा पुनर्खरिद गरिने व्यस्था रहेको छ ।
योजनाको सुरुको आकारको ५५ इकाई योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल र १०५ इकाई कोष प्रवद्र्धक सिद्धार्थ बैंकले बिज पूँजीको रुपमा लगानी गर्ने सिद्धार्थ क्यापिटलले जनाएको छ । बाँकीमा सर्वसाधारणले दाबी गर्न पाउने छन् ।
सिद्धार्थ बैंक कोष प्रवर्द्धक र सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रहेको म्युचुअल फण्डका इकाइहरुमा आज सम्म आवेदन दिन पाइनेछ ।
फन्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया