काठमाडौं - नेशनल हाईड्रो पावर कम्पनीले यसअघि स्थगित गरेको आफ्नो २४औं वार्षिक साधारण सभा पुनस् बोलाएको छ । कम्पनीको असार १७ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा असार ३१ कम्पनीको रजिष्टर्ड कार्यालयबाट भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ ।
यसअघि कम्पनीको फागुन २३ गते सम्पन्न संचालक समितिले कम्पनीको २४औं सभा चैत २७ गते तोकिएकोमा उक्त सभामा गुणपुरक संख्या नपुगी स्थगित गरिएको थियो । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने गरिनेछ ।
त्यसैगरी, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डाहरू छलफल गरी पारित गरिनेछ ।
प्रतिक्रिया