३ कम्पनीद्धारा डिम्याट खाता नविकरणको शुल्क बुझाउन आग्रह, भुक्तानी नगरे डिम्याट खाता रोक्का गरिने

आइतबार, २० असार २०७८, ११ : ४१

काठमाडौं - विभिन्न ३ वटा कम्पनीहरुले आफ्ना शेयरधनीहरुलाई डिम्याट खाता नविकरणको शुल्क बुझाउन आग्रह गरेका छन् । 

माछापुच्छ्रे कृति क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र मुक्तिनाथ क्यापिटल लिमिटेडले आज एक सूचना प्रकाशन गर्दै आफ्ना शेयरधनीहरुलाई डिम्याट खाता नविकरणको शुल्क बुझाउन आग्रह गरेका हुन् । 

यी कम्पनीहरू मार्फत डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुलाई आर्थिक वर्ष २०७७/७८ सम्मको  डिम्याट खाता सञ्चालन गरे बापत वार्षिक शुल्क प्रत्येक आर्थिक  वर्ष १०० का दरले भुक्तानी गर्नुपर्ने व्यवस्था अनुसार २०७८ असार मसान्तभित्र उक्त शुल्क बुझाउन आग्रह गरिएको छ । 

तोकिएको समयमा वार्षिक शुल्क भुक्तानी नगरेमा डिम्याट खाता रोक्का गरिनेछ ।

 

आइतबार, २० असार २०७८, ११ : ४१

प्रतिक्रिया