काठमाडौं - मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा मेडि कार्ड’ ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई अस्पतालमा उपचार गर्नका लागि आवश्यक रकम उपलब्ध गराउने उद्देश्यले ‘मेगा मेडि कार्ड’ को सुविधा ल्याएको हो ।
उक्त सुविधा मार्फत मेगा बैंक नेपाल लिमिटेडका क्रेडिट कार्ड सुविधा उपभोग गरिरहेका ग्राहकहरुले न्युनतम रु २० हजारदेखि रु १ लाख ५० हजार रुपैँयासम्म क्रेडिट कार्ड ९इन्स्टा–बाई० सुविधा १८ महिना सम्मको लागि उपभोग गर्न पाउदे छन् ।
यस व्यवस्थाले ग्राहकहरुलाई उपचारका लागि तत्कालै रकमको जोहो गर्न सहज हुने बैंकले जनाएको छ । ग्राहकहरुले आवश्यक कागजपत्र पेश गरेको २ दिनमा नै ग्राहकहरुलाई यस सुविधा उपलब्ध गराउने व्यवस्था मिलाएको बैंकले जनाएको छ ।
बैंकका अनुसार, यो सुविधाका लागि प्रक्रियागत शुल्क निःशुल्क गरिएको छ भने क्रेडिट कार्डबापत लाग्ने शुल्कमा पचास प्रतिशत छुटको व्यवस्था गरिएको छ । यसका साथै, बैंकले बैंकबाट क्रेडिट कार्ड सुविधा प्रयोग गरिरहेका ग्राहकहरुले हेल्थ प्याकेज लिन चाएमा त्यसको भुक्तानी गर्ने सुविधा समेत ल्याएको छ ।
अस्पतालको बिल भुक्तानीका लागि बिरामीको परिवारलाई समेत नाता प्रमाणित प्रमाणपत्रका आधारमा रकम उपलब्ध गराइने भएकाले यो सुविधा निकै सहज र प्रभावकारी हुने बैंकले जनाएको छ ।
प्रतिक्रिया