एनआईबीएल एस क्यापिटलले ल्यायो लगानी गर्ने सुवर्ण अवसर, सहभागि हुन न्यूनतम ३०० इकाई अनिवार्य खरिद गर्नु पर्ने

आइतबार, २० असार २०७८, १५ : ०२

काठमाडौं - एनआईबीएल एस क्यापिटल लिमिटेडले आफ्ना लगानीकर्ताहरुको लागि लगानी गर्ने सुवर्ण अवसर ल्याएको छ । एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) को सञ्चालनको दोस्रो वार्षिकोत्सवको उपल्क्षयमा क्यापिटलले उक्त अवसर ल्याएको हो ।

यस योजनामा सहभागी भई लगानीकर्ताहरुले आफ्नो लगानीलाई तत्काल दुई गुणा सम्म बृद्धि गराउन सक्ने क्यापिटलले जनाएको छ । यो योजना व्यक्तिगत ग्राहकहरुका लागि मात्र हुनेछ भने यसमा सहभागि हुन न्यूनतम ३०० इकाई अनिवार्य खरिद गर्नुपर्नेछ । 

यो योजना २०७८ साल असार २० गते देखि २०७८ साल असार २४ गते सम्म मात्र लागु हुने कम्पनीले जनाएको छ । यस योजनाको नतिजा २०७८ साल श्रावण १५ गते गोलाप्रथाद्वारा फेसबुक लाइभ मार्फत गरिने र योग्य सहभागिहरुबाट २० जना विजेता घोषणा गरिने जनाएको छ ।

आइतबार, २० असार २०७८, १५ : ०२

प्रतिक्रिया