काठमाडौं - नेपाल फाइनान्स र ललितपुर फाइनान्सले असार २७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । ललितपुर फाइनान्सलाई एक्वायर गरेको नेपाल फाइनान्सको नामबाट एकीकृत कारोबार सुरु हुने भएको हो ।
गत जेठ २८ गते सम्पन्न यी दुबै फाइनान्सको अलग अलग विशेष साधारण सभाले नेपाल फाइनान्सले ललितपुरलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गराएका थिए ।
एकीकृत कारोबार सञ्चालन गर्न दुबै फाइनान्सको विवरणलाई एउटै सफ्टवेयरबाट कारोबार गर्न डाटा माइग्रेशन गर्नुपर्ने भएकोले असार २५ गतेदेखि २६ गतेसम्म यी फाइनान्सहरुको सम्पूर्ण सेवाहरु बन्द रहने बताइएको छ ।
राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असार १८ गते एक्विजिशन सम्बन्धि अन्तिम स्वीकृति दिएको थियो ।
प्रतिक्रिया