सेन्चुरी बैंकका सीईओ गौतमद्धारा पदबाट राजिनामा

सोमबार, २१ असार २०७८, ०९ : ५३

काठमाडौं - सेन्चुरी कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी राम गौतमले पदबाट राजिनामा दिएका छन् । गौतमले आइतबार संचालक समिति समक्ष आफ्नो कार्यकाल नपुग्दै राजिनामा दिएका हुन् ।

गौतम २०७५ बैशाख १९ गतेदेखि चार वर्षका लागि बैंकको सीईओ नियुक्त भएका थिए। कार्यकाल सकिन नौं महिना बाँकी छँदा गौतम बाहिरिएका हुन् ।

नेपाल बैंकबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका उनी नेपाल इन्डोसेज बैंक हुँदै एसबिआइ बैंक गएका थिए । त्यसपछि उनी माछापुच्छ्रे बैंकको सीईओ भए । 

सेन्चुरीमा सीइओ हुनु अघि उनी इक्रा नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए ।

सोमबार, २१ असार २०७८, ०९ : ५३

प्रतिक्रिया